बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताए।
सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु हो । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असार २०७७, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'