काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता हुनुका साथै २ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित जम्बुमा बाढीसँगै ठूलो पहिरो गएको हो ।
वाढीमा परेर १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए। अहिले घटनास्थलमा उद्धार टोली पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह