काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरी सरेको छ । दुई अध्यक्षबीचको छलफल अझै आवश्यक रहेको निश्र्कष सहित बैठक फेरि सार्ने निर्णय नेकपाले गरेको हो ।
नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालका अनुसार अब अर्काे बैठक असार २६ गते शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । नेकपाका १८ असारमा स्थायी समिति बैठक बसेयता पार्टी बैठक बस्न सकेको छैन् । एक दिन दुई अध्यक्ष छलफल गरेर २० गते स्थायी समिति बैठक बस्ने गरी स्थगित भएको बैठक २० गतेबाट २२, २२ गतेबाट २४ र आज २४ गते तय भएको वैठक फेरि स्थगित गरेर २६ गते सम्मलाई स्थगित गरेको हो ।
अध्यक्ष प्रचण्डले मंगलबार ओलीसँगको छलफलमा आजको स्थायी समिति बैठक बोलाएर जाने कुरा गरेका थिए । बैठक पनि गर्दै जाने, दुई अध्यक्षमा छलफल पनि गरिरहने भन्दै दाहालले आजको बैठक अगाडी बढाउने प्रस्ताव गर्दा ओली खास बोलेका थिएनन । तर ओलीले आज फेरि बैठक अहिले दुई दिन सार्न प्रस्ताव गरेपछि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)
सुमन सायमी नेकपामा प्रवेश
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपाले हटायो बन्दसूचीबाट पञ्चा सिंहको नाम
२९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय