प्रचण्ड–ओली वार्ता सकियो, दुबैको आ–आफ्नो अडानले भएन ठोस सहमति

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १५ : ०२
प्रचण्ड–ओली वार्ता सकियो, दुबैको आ–आफ्नो अडानले भएन ठोस सहमति

काठमाडौं । केहीबेर अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको तीन घण्टा लामो छलफल सकिएको छ ।

बालुवाटारमा भएको छलफल सकेर प्रचण्ड बाहिरिएका छन् । तीन घण्टा लामो छलफलले पनि कुनै सहमति निकाल्न सकेको छैन । स्रोतका अनुसार दुबैले आफ्नो अडान नछोड्दा सहमतिको शुत्र निस्कन सकेको छैन । 

स्रोतका अनुसार प्रधानमन्त्री ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पद कुनै हालतमा नछोड्ने अडानमा छन् भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री  र अध्यक्ष दुबै पद छोड्न ओलीलाई सुझाव दिएका छन् । दुबै पदमध्ये कुनै एक पद छोडेदेखि सहमति गर्न सकिने अध्यक्ष प्रचण्डको भनाइ रहेको स्रोतले जनाएको छ । स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीलाई दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । 

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका हुन् तर छलफलबाट कुनै निष्कर्ष निस्केको छैन। लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडानका कारण सहमति हुने नसकेको स्रोतको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस