बझाङ । केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिए ।
अझै ३ जना बेपत्ता भएको र उनीहरुको खोजीकार्य भइरहेको उनले बताए । अन्य बेपत्ताहरु भने सम्पर्कमा आएको प्रहरीले बताएको छ ।
पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको केदारस्युँ ८, का वडा अध्यक्ष गणेश बोहराले बताए । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा अफै पहिरोमा बेपत्ता छिन । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिएका छन् । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।
बेपत्ताको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले बताए । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहाँ पुगेको हो । उद्धारका लागि हिँडेको नेपाली सेनाको टोली अझै घटनास्थल पुग्न सकिरहेको छैन ।
उद्धारका लागि घटनास्थलतर्फ गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जयपृथ्वी राजमार्ग गाडी असन्तुलित भएर नालीमा खसेकोको र तीन जना सैनिक सामान्य घाइते भएका छन् । घाइते तीनै जना देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि ब्यारेक फर्किसकेका छन् । सेनाको अर्को टोली पुनः पठाइएको छ ।
शनिबार बिहान गएको पहिरोले मल्लेसीका १८ वटा घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा