काठमाडौं । राष्ट्रपति देशका अभिभावक हुन् । उनले तटस्थताको भूमिका निर्वाह गर्नुपर्छ । कसैको पक्षधरता देखाउन हुन्न । तर सत्तारुढ दल नेकपाभित्रको आन्तरिक राजनीतिक अन्तरसंर्घषमा उनले सिधै हस्तक्षेपकारी भूमिका निर्वाह गदै आईरहेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गुट समुहमा रहेर तत्कालिन एमालेको उपाध्यक्ष समेत बनेकी राष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि पनि ओली गुटको राजनीति त्याग्न सकेकी छैनन् ।
त्यसको ज्वालन्त उदाहरण उनले नेकपाभित्रको पछिल्लो अन्तरसंर्घषमा समेत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा देखाईरहेको हस्तक्षेपकारी भूमिकालाई लिन सकिन्छ । प्रधानमन्त्रीले पार्टीभित्र अल्पमतमा परेपछि र उनको आफ्नै कार्यशैलीका कारण पार्टीभित्र नै राजीनामाको माग उठेपछि जारी स्थायी समिति बैठकमा कुनै रुची देखाईरहेका छैनन । आफ्नै सरकारी निवासभित्र उनकै सहमतिमा बोलाईएको स्थायी समिति बैठकमा आफुलाई मन लाग्दा जाने, बोल्ने र हिड्ने गर्दै आएका ओली अबको स्थायी समिति बैठकमा जाने सम्भावनै देखिएको छैन् ।
तर उनले राष्ट्रपतिसँग बढाएको हिमचिम, राष्ट्रपतिले ओलीको रुचीका आधारमा नेकपा नेताहरुलाई बोलाएर गर्न थालेको छलफलले राष्ट्रपति नेकपाभित्रको विवादमा ओलीको बचाउमा खुलेर लाग्न थालेकी छिन् । प्रसंग हो ( हिजो शुक्रबारको । राष्ट्रपति भण्डारीले ओलीको सत्ता संकट टार्नका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवास बोलाएर छलफल गरेकी छिन् । गौतमलाई उनले ओलीलाई पार्टीभित्रको विवादमा साथ दिन निक्कै आग्रह गरिन् । पार्टीभित्र ओली पछिको उत्तराधिकारी गौतमलाई बनाउने सम्मका आश्वासन दिइन् ।
राष्ट्रिय सभामा सरकारले सिफारिस गरेर आफुले मनोनित गर्ने सिटमा गौतमलाई नै ल्याउने देखि उपप्रधान तथा रोजेको मन्त्रालय समेत दिएर सरकारमा लाने सम्मका योजनापनि राष्ट्रपतिले गौतमलाई सुनाइन् । र भनिन्, तपाईले अहिले प्रचण्ड माधव नेपालसँग लहसिने होइन, प्रधानमन्त्रीलाई सहयोग गरेर पार्टी एकता पनि जोगाउने र प्रचण्ड, माधव नेपाल सहितको पार्टीलाई नेतृत्वदायी भूमिका खेल्ने हो ।
गौतमलाई यस अगाडी पनि ओलीले ११ असारमा बालुवाटार बोलाएर फकाउन खोजेका थिए । निवाचन नै लडने भएपनि कहाँबाट लड्ने भन्नुहोस अब त्यो ब्यवस्था मिलाउछु, चुनावी सरकारको नेतृत्व गर्न दिने गरी प्रधानमन्त्री बनाउन पनि आफु तयार रहेको भन्दै ओलीले गौतमलाई फकाउने प्रयास गरेका थिए । तर अहिले गौतमले ओलीलाई साथ नदिने खुल्ला बताएपछि ओली रन्थनिएका छन् । पार्टीमा ओली अहिले एक्लै परेका छन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र ओली क्याबिनेटकै गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) सम्म एकातर्फ लागेपछि ओली संकटमा परेका छन् । पार्टी निर्णय मान्ने र सहमति गरेर जाने तिर ओलीको अनिच्छा देखिएको छ । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोडने बरु आवश्यक परे अध्यादेश ल्याएरै भएपनि पार्टी विभाजन गर्ने तयारी पूरा गरिसकेका छन् । पार्टीमा अप्ठयारोमा परेपछि मध्यरात आफु निकटका युवा र विद्यार्थीका नेताहरुलाई बालुवाटारमा बोलाएर उनले सडकमा आफनो पक्षमा नाराजुलुश गर्न समेत ओलीले लगाईसकेका छन् ।
युवा संगठनका रमेश पौडेल र अखिलका ऐन महर लगायत नेतालाई मध्यराती ११ बजे बालुवाटार बोलाएर सडक प्रर्दशन देशभर आफ्नो पक्षमा गराउन लगाउन निर्देशन दिएका थिए । त्यही अनुसार ओली पक्षधरले अहिले आफ्ना कार्यकर्ता सडकमा उतारेर पार्टी नेताहरुको विरुद्धमा सडकमा प्रर्दशन गराउन थालेका छन् । एकातिर सडकमा आफ्ना कार्यकर्ता निकालेर आफ्नै बचाउमा प्रर्दशन गर्न लगाउने र अर्काेतिर नेताहरुलाई विभिन्न प्रलोभन देखाएर राष्ट्रपति समेतको प्रयोग गरेर फकाउने रणनीति ओलीले छोडेका छैनन् । त्यही क्रममा राष्ट्रपतिले गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी हुन् ।
राष्ट्रपतिले ओलीलाई सघाउन गरेको आग्रहलाई गौतमले चुपचाप बसेर सुनेको र अन्तिममा उठेर हिड्ने बेला यसपटक ओलीलाई साथ दिन नसक्ने भन्दै बाहिरिएका थिए । गौतमले राष्ट्रपतिले आफुलाई भेटेको र ओलीलाई सहयोग गर्न ठाडो हस्तक्षेप गरेको विषयमा प्रचण्डलाई पनि जानकारी गराईसकेका छन् । ओलीले महासचिव विष्णु पौडेललाई पनि शुक्रबार साँझ गौतमको निवास पठाएका छन् । ओली निकटका अन्य नेताहरु पनि गौतमको निवास भैंसेपाटीमा अहिले बाक्लो उपस्थिती हुन थालेको छ । तर गौतम यसपटक नडगगमाई पार्टीका अन्य नेताहरुकै साथमा उभिने उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल