भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ ।
दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
उनले दुर्घटनामा परी से६प ६४२६ नं मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको बताए । “स्थानीयले पानी ट्याङ्करले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन्”, उनले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।”
स्थानीयले बा१क ९७८४ र से१क १७४ पानी ट्याङ्करमा आगजानी गरेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा तनाव बढेपछि सदरमुकाम भीमदत्तनगरबाट प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदैछ । स्थानीयले मृतकको शव उठाउन मानेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ असार २०७७, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
मोटरसाइकल ट्रलीमा ठोकिँदा एकको मृत्यु, एक घाइते