काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको छ । एमालेले झन्डामा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ।
मोरङको विराटनगर महानगरपालिकां–६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन आएको बताए। उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन्।
पेश हुन आएका कागजातहरू कानुन बमोजिम छ कि छैन आयोगले हेर्दैछ । २१ जनाको कार्यसमितिको नाम उल्लेख छ। उनीहरूले पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि पेश गरेका छन्।
सूचीसहित
सन्ध्या तिवारी अध्यक्ष
भगवती खड्का उपाध्यक्ष
मनिष उपाध्याय महासचिव
अस्मिता सुनार
दावा लामा
जयाराम रावत
खगेन्द्रप्रसाद भुसाल
हिराबहादुर बोहरा
राधा पुरी
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उशाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी