काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ असार २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सेवालाई उत्कृष्ट बनाउन १० वर्षे रणनीति योजना तयार
फैसला कार्यान्वयन नहुँदा अदालतका सयौं मुद्धा ओझेलमा
बालबालिकामा कोरोना संक्रमण बढ्दो
जसपामा सांसदको गणना सुरु
एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली
सामाजिक सुरक्षा कोषमा थप आकर्षण