पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, २१ : ३९
पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ । निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य २ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

योसँगै पेट्रोलको मूल्य बुधबारबाट तराईका जिल्लामा ९९.५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टीतेलको मूल्य ८५.५ रुपैयाँ पर्नेभएको छ । 

काठमाडौं उपत्यकामा भने पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर पर्नेछ । निगमले इन्धन तथा हवाइ ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस