काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छाप्न नमानेको खुलासा गरेका छन् ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उनले बताए । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे ।
नीति तथा कार्यक्रममा पनि उहाँले राख्न मान्नु भएन । त्यहीँ दिन हामीले चर्को दबाब दिएपछि मात्र नक्सालाई नीति तथा कार्यक्रममा राख्न तपाईँले त्यहीँबाट मुख्यसचिवलाई फोन गर्नु भएको हैन ? यस्तो झुटो कुरा गर्ने ?'
प्रधानमन्त्रीको मदन जयन्तीका दिन दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति प्रकट गरे । उनले भने, 'नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ? तपाईँको राजीनामा वैशाख १७ कै बैठकमा उठेको थियो । त्यो बेला के तपाईँ नक्सा छाप्न तयार हुनुहुन्थ्यो ? नक्सा छाप्न पनि तपाईँ नमान्ने अनि आफ्नो अनुकुल भएन भनेर अन्य नेतालाई जे पनि भन्ने ? यो जिम्मेवारी भएन ।'
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि असहमति जनाए । उनले भने, 'भारतले तपाईँलाई हटाउन खोजेको हो भने भारतीय राजदूतलाई प्रष्टिकरण किन सोध्नु भएन ? तथ्य हो भने देशबाट निष्कासन पनि गर्नुपर्छ । तपाईँले त्यो काम किन गर्नु भएन ? आफ्नो स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक र परराष्ट्र मामिलामा प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्ति जनक छ । यसले राष्ट्र र पार्टीलाई नोक्सान पुरायो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ