एउटै कथा 'लार' र 'पुवार'

सूर्यप्रकाश कँडेल

सोमबार, १५ असार २०७७, ११ : ०५
एउटै कथा 'लार' र 'पुवार'

मुना चाैधरीद्वारा लिखित लार र पुवार एउटै कथा हुन् । पुवारको परिष्कृत रुप नै लार हो । लार र पुवारको अर्थ पराल हो । दुवै पढेँ । प्रस्तुतिका हिसाबले लुकेर पढ्नु पर्ने कथा बनेको छ ।

दुलारी उपन्यासकी सर्जक मुना चाैधरीले कथामा याैन मनाेविज्ञान पस्केकी छिन् । कथाले नेपाली समाजकै विषय उठाएकाे छ । तर कथाकाे सुरुवात र समग्र प्रस्तुति याैनप्रधान छ । कथा पढ्दा पाठककाे मानसपटलमा 'पाेर्न फिल्म' घुम्छ ।

बाह्रखरी डट कमले आयाेजना गरेकाे कथा प्रतियाेगिता २०७७ मा पहिलाे भएपछि लार कथा पहिले नै नागरिक अनलाइनमा प्रकाशित पुवार कथाकाे परिस्कृत रुप भएकाे खुलासा भएकाे हाे । प्रतियाेगितामा समावेश भएका तीन सय कथामध्ये उत्कृष्ट घाेषित लार कथा र कथाकार चाैधरीमाथि अहिले चाैतर्फी टिप्पणी भइरहेकाे छ ।

आयोजकलाई मेरो प्रश्नः अप्रकाशित रचना हुनुपर्ने नियमलाई धोती किन लगाइयो ? लेखकलाई मेरो प्रश्नः उही रचनालाई परिमार्जन गरी प्रतियोगितामा किन पठाइयो ? पाठकलाई मेरो प्रश्नः यौनको विषय वा लुकेर पढिने साहित्य महिलाले लेख्न नपाइने हो ?

साहित्यमा लेख्न वर्जित कुनै विषय हुन्छ वा छ भन्ने मलाई लाग्दैन । कुरो प्रस्तुतिको हो । प्रस्तुति लेखकको निजी अधिकार हो । म निर्णायक होइन, त्यसैले कथाको उत्कृष्टता तर्फ पनि कुरा गर्दिन । तल लिङ्क छ, आफैं पढेर मूल्याङ्कन गर्नुहोस् ।

पुवार कथाको लिङ्क

https://nagariknews.nagariknetwork.com/arts/240491-1592025121.html?click_from=category

लार कथाको लिङ्क

https://baahrakhari.com/news-details/269441/2020-06-27?fbclid=IwAR3sRfGlvuANJm-4sDcwFgI_N1Y1j2eWa0AXYtEt2ZG7ZctNuhsUZbBQvJg

प्रतिक्रिया दिनुहोस