नेपाल चीनबीच समस्या उब्जिए वार्ताबाट सुल्झाउँछौँ : परराष्ट मन्त्रालय

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, १९ : ३७
नेपाल चीनबीच समस्या उब्जिए वार्ताबाट सुल्झाउँछौँ : परराष्ट मन्त्रालय

काठमाडौँ  । परराष्ट्र मन्त्रालयले नेपाल चीनबीच कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी समस्या भएदेखि वार्ताबाट सुल्झाउने जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा फिर्ता ल्याउन संकल्प प्रस्तावसमेत दर्ता गराएको अवस्थामा परराष्ट्रले विज्ञप्ति जारी गरेको हो ।

कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीचको आपसी सम्बन्धमा खलल पुर्‍याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस