काठमाडौं । राजनीतिक पहुँच र आफूलाई ठूलो ठान्ने देशका विद्यालयले भर्ना प्रक्रिया सकेर जेठसम्मको मासिक शुल्क उठाउँदा अखिल र नेविसंघले चुप लागेर माया देखाएका छन् ।
सरकार आबद्ध विद्यार्थी संगठनले आफ्नो अस्तित्व जोगाउन विज्ञप्ति जारी गरी लकडाउन नखुली भर्ना प्रक्रिया र शुल्क नलिन चेतावनी दिएको छ । नेकपा आबद्ध अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीसँगै लकडाउनले निम्त्याएको संकटका बेला विद्यार्थीसँग शुल्क नउठाउन निजी विद्यालय सञ्चालकलाई चेतावनी दिएका छन् ।
ठूला विद्यालयले भर्ना सकेर शुल्क लिएको बारेमा कुनै जानकारी नभएको जस्तो गरी विज्ञप्ति जारी गरेका छन् । ती विद्यार्थी संगठनलाई स्थानीय तहको मातहतमा विद्यालय शिक्षा रहेको विषयमा समेत जानकारी नभएको जस्तो देखिएको छ ।
विद्यार्थी संगठनले स्थानीय तहलाई दबाब दिन छाडेर सरकारलाई दबाब दिएकोमा सरोकारवाला निकाय तथा अभिभावकले आश्चर्य प्रकट छन् । पछिल्लो समय लकडाउनकै समयमा रातो बंगला, प्रिमियर, युलेन्स, पाठशाला, एक्सेल्सियरलगायतका नाम चलेका दर्जनौं विद्यालयले नयाँ भर्ना गरेर शुल्क लिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द