गुल्मी । गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिएका छन् ।
नगरपालिकाले खन्दै गरेको नयाँबाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुरिएको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म दुई जनाको शव भेटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०७७, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'