जिपी लामिछानेसहितको टोलीले जापानबाट गर्‍यो ९५ हजारभन्दा बढी सहयोग

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, १४ : ३१
जिपी लामिछानेसहितको टोलीले जापानबाट गर्‍यो ९५ हजारभन्दा बढी सहयोग

गोर्खा । गोर्खाको सहिद लखन थापा गाउँपालिका स्थित २ जना बिरामीका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

लामो समयदेखि मस्तिस्क घात भै उपचाररत टकबहादुर गुरुङ र सोही वडाका अर्का क्यान्सर रोगबाट पीडित बिरामी योजना  ढकाल (लामिछाने) का लागि जापानबाट जिपी लामिछानेको सल्लाहकार संयोजनसहित सन्जु अंगाइ र सुदिप श्रेष्ठको संयोजक टोलीले रु ९५ हजार ६०० रकम संकलन गरी पठाएको हो ।

रकम एक कार्यक्रमका बीच सबै राजनीतिक दल र वडा अध्यक्षको रोहबरमा बिरामीलाई हस्तान्तरण गरिएको थियो । 

उक्त अभियानमा सकृय भूमिका खेल्ने सन्जु अंगाइ, सुदिप श्रेष्ठ र धादिङ स्थित उशा भुजेल लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिँदै आभियन्ता लामिछानेले आगामी दिनहरुमा पनि गाउँमा यस्तै खाले समस्या रहेका जो कोही बिरामीका लागि सहयोग गर्न सम्पूर्ण जापान बासी तयार रहेको बताए ।

केही महिना अघि सोही गाउँका मृगौला पीडित सुमन श्रेष्ठ   बचाउ अभियानमा पनि जापानबाट लामिछानेले रु १ लाख ४० हजार  सहयोग रकम संकलन गरी पठाएका थिए । रकम पहिल्यै  पठाइएता पनि लकडाउनका कारण वितरण गर्न सकिएको थिएन । 

सहयोगी  दाताहरुको नाम निम्न, अनुसार छन् ।
गोपाल लामिछाने¥ 10000
सुदिप श्रेष्ठ  ¥6000
सन्जु अंगाइ ¥ 7000+¥2700
मेनुका काप्री कंडेल ¥3000
सुजु दुवाडी ¥ 2200
देबराज  अंगाइ   ¥3000   
उशा भुजेल्¥7000(धादिङ )
अर्जुन अंगाइ  (ओख्ले )¥2000
जानकी सापकोटा ¥1500
सन्तोष जिसी ¥2000 
अमित रायमाझी गोरखा बजार ¥5000
डिल्लु राम पन्त ¥5000. 
ॠषिराम ढकाल ¥5000
प्रकाश श्रेष्ठमसेल )¥2000
मिलन बस्नेत ¥5000
कपिल सापकोटा ¥5000 
सुमित्रा क्षेत्री ¥1500 
अमृत भुजेल ¥1500 
रन्जिता बुढा ¥1000
धनमाया तमाङ ¥1500
सबिता अर्याल ¥1000
 बिकास थापा .¥1500
सुमन मगर ¥1000 
पुस्कर खनाल ¥3100 
केशब  पुडासैनि   ¥5500
नाम नबताउने सर्त ¥1000 
बिमला ढकाल ¥ 3000
जम्मा रकम ¥95000 र नेपाली rs ९५६००/-

प्रतिक्रिया दिनुहोस