काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा उपचाररतका खुमबहादुर विकलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनी पूर्व जनमुक्ति सेनामा थिए।
अध्यक्ष प्रचण्डले निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चले सहजीकरण गरेको थियो।
खुम बहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। त्यस्तै, अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै संस्थालाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’