काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा उपचाररतका खुमबहादुर विकलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनी पूर्व जनमुक्ति सेनामा थिए।
अध्यक्ष प्रचण्डले निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चले सहजीकरण गरेको थियो।
खुम बहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। त्यस्तै, अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै संस्थालाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड