गुल्मी । पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ ।
उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्कनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुर्दा धुर्कोट– ३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको भने सामान्यावस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०७७, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा