काठमाडौं । सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता रहेको स्पष्ट गर्दै सरकारले नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको बताएको छ ।
छिमेकी मित्रराष्ट्र भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम असल छिमेकीको भावनाअनुरुप आपसी मतभिन्नता शान्तिपूर्ण माध्यमबाट समाधान हुनेमा नेपाल विश्वस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति एव् स्थायित्वका पक्षमा दुवै देशले शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ असार २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको उद्धार प्रक्रिया जारी रहेको परराष्ट्रको प्रस्टोक्ति
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय