गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको मृत्यु भएको छ । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो । मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि जिप छुटेको थियो ।
जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार जिप दुर्घटना हुँदा १९ वर्षीय तुल्सिराम काउछा मगर ९सरोज०को घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते चालक प्रदीप पुन र यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको छ भने अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा