रौतहट । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का रौतहट जिल्ला कार्यसमिति सदस्य बिजय साहमाथि गएराति संघातिक आक्रमण भएको छ ।
गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथि गएराति ९ बजेतिर महमदपुर–लक्षमीपुर टोलस्थित बाटोमा संघातिक आक्रमण भएको हो ।
महमदपुरका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादवको घरबाट जिपमा फर्किने क्रममा एक समूहले बिजयलाई जिपबाट बाहिर ल्याई आक्रमण गरेको नेकपा गरुडा नगरकमिटी सचिव रामबाबुु चौधरीले बताए ।
साहको अहिले तराई अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । राजनितिक पूर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले विजय साहमाथि आक्रमण गरेको सचिव चौधरीले आरोप लगाएका छन् ।
रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले घटनाबारे हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’