रौतहट । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का रौतहट जिल्ला कार्यसमिति सदस्य बिजय साहमाथि गएराति संघातिक आक्रमण भएको छ ।
गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथि गएराति ९ बजेतिर महमदपुर–लक्षमीपुर टोलस्थित बाटोमा संघातिक आक्रमण भएको हो ।
महमदपुरका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादवको घरबाट जिपमा फर्किने क्रममा एक समूहले बिजयलाई जिपबाट बाहिर ल्याई आक्रमण गरेको नेकपा गरुडा नगरकमिटी सचिव रामबाबुु चौधरीले बताए ।
साहको अहिले तराई अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । राजनितिक पूर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले विजय साहमाथि आक्रमण गरेको सचिव चौधरीले आरोप लगाएका छन् ।
रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले घटनाबारे हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी नआएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायली सेनाको आक्रमणमा ६७ जनाको मृत्यु