काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन् ।
एक विज्ञप्तिमार्फत विप्लवले नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपिल गरेका छन् ।
गलवान उपत्यकामा चीन भारतबीचको सीमा विवादका कारण भीडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको भन्दै विज्ञप्लिवको विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गोर्खा रेजिमेन्टलाई सिमाना पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने