काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन् ।
एक विज्ञप्तिमार्फत विप्लवले नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपिल गरेका छन् ।
गलवान उपत्यकामा चीन भारतबीचको सीमा विवादका कारण भीडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको भन्दै विज्ञप्लिवको विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गोर्खा रेजिमेन्टलाई सिमाना पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह