स्पेनिस ला लिगा फुटबल

उपाधि होडमा रहेको रियल मड्रिड विजयी

एजेन्सी

सोमबार, ०१ असार २०७७, ०८ : ३६
उपाधि होडमा रहेको रियल मड्रिड विजयी

file photo

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिड विजयी भएको छ । अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–१ ले पराजित गरेर शीर्षस्थान माथि कब्जा गरेर बार्सिलोनामाथि दबाब कायम राखेको हो ।

रियल मड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको टिमका लागि चौथो मिनेटमा टोनी क्रसले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३० औँ मिनेटमा सर्जियो रामोस तथा ३७ औँ मिनेटमा मार्सेलोले गोल गरेका हुन् । एइबरका लागि ६० औँ मिनेटमा बिगासले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ५९ अंक भएको छ । अर्थात रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहेको छ । रियल मड्रिडले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल तीन महिनापछि सुरु हुँदाको पहिलो खेलमा जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस