काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पुजापाठका लागि हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ पुगेकी छिन् ।
संघीय संसदको प्रतिनिसधसभाबाट शनिबार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक पारित भएसँगै राष्ट्रपति भण्डारी पुजापाठका लागि पशुपतिनाथ पुगेकी हुन् ।
बिहान ९ बजेतिर पशुपतिको पश्चिम गेट हुँदै मन्दिर प्रवेश गरेकी उनी करिब आधा घण्टा मन्दिरमा रहेकी थिइन् ।
सो क्रममा उनले देशको प्रगति, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित भएसँगै भारतसँग कूटनीतिक वार्तामार्फत भूमि फिर्ता ल्याउन सफल भइयोस् भन्ने कामनासहित पूजापाठ गरेकी थिइन् ।
राष्ट्रपति पशुपतिनाथ दर्शनका पुग्दा पशुपति क्षेत्रविकास कोषका कोषाध्याक्ष डा मिलन कुमार थापालगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ जेठ २०७७, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट