काबुल । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ ।
पाकिस्तान–अफगानिस्तानको यो सीमाक्षेत्र मुलुकमै सबैभन्दा डरलाग्दो मानिन्छ । गत मे महिनामा पनि तालिबान समूहको आक्रमणमा यहाँ १४ जना अफगान सैनिकको ज्यान गएको थियो ।
स्रोतका अनुसार बिस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०७७, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
अफगानिस्तानमा रुसी जहाज दुर्घटना
टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप
भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का महसुस
युद्धग्रस्त मुलुक हुनका बाबजुद सन् २०२३ मा अफगानिस्तानको निर्यात बढ्यो