काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) को नतिजा आज राती ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।
हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।
यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभीड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो ।
https://dvprogram.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर इडिभीको नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०७७, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स