काठमाडौँ । शिक्षा क्षेत्रमा आवश्यक स्रोत सुनिश्चित गर्न आग्रह गर्दै नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु गरिएको छ।
‘शिक्षा वित्तीयकरणका लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने नारासहित सञ्चालन गरिएको यो अभियान राष्ट्रिय अभियान नेपाल (एनसीई) को संयोजनमा आजदेखि अप्रिल २७ सम्म विविध कार्यक्रममार्फत मनाइने जनाइएको छ।
एनसीईले संविधानले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क र अनिवार्य बनाएको व्यवस्था कार्यान्वयन गर्न पर्याप्त बजेट आवश्यक भए पनि त्यसअनुसार स्रोत विनियोजन हुन नसकेको जनाएको छ। पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रतर्फ छुट्याइने बजेट क्रमशः घट्दो प्रवृत्तिमा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, १३ : १८
लेखकबाट थप