यूएईबाट आज नेपाल ल्याइने भनिएको १६८ जनाको उडान रद्द

म्यानमारका २६ जना भने आजै नेपाल आइपुग्ने

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, १० : ११
यूएईबाट आज नेपाल ल्याइने भनिएको १६८ जनाको उडान रद्द

काठमाडौँ । सरकारले तेश्रो मुलुकमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने तयारी गरेपछि संयुक्त अरब इमिरेट्स (यूएई) बाट आज आउन लागेका नेपालीहरुको उडान रद्द भएको छ । अन्तिम समयमा आएर जहाज रद्द भएको हो ।

परराष्ट मन्त्रालय स्रोतका अनुसार,   यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडान मार्फत त्यहा रहेका अलपत्र नेपालीलाई नेपाल पठाउने तालिकासहितको प्रस्ताव सरकारलाई गरेको थियो । त्यस मध्येको १६८ जनाको पहलिो टोली लिएर पहिलो उडान आजैं साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिने गरी तयारी थियो । तर जहाज उतैवाट रद्द भएपछि पहिलो चरणमा आउने तयारीमा रहेकाहरु थप केही दिन उतै रोकिने भएका छन् ।

सरकारले उनीहरुलाई आउनका लागि अनुमति समेत दिइसकेको अवस्थामा उडानसँग सम्बन्धित केही विषयमा अझै प्रष्टता खोज्नु पर्ने देखिएकोले रद्द गरिएको जनाइएको छ । यूएईमा आज सार्वजनिक बिदा पर्नेछ । बिदाका दिन कार्यालयहरु नखुल्ने भएकोले कार्यालय खुलेपछि बुझनु पर्ने प्रक्रिया बुझेर मात्र अब उनीहरुको उडान हुनेछ । त्यसअवधीसम्मका लागि भने आजका लागि आउन खोजेको जहाजको उडान रद्द भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 
‘यताको भन्दा पनि उतैको केही प्रक्रिया नमिलेको र केही बझुनु पर्ने बताएपछि आजै साँझ ६ बजे काठमाडौंमा अवतरण हुने भनिएको जहाज रोकिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, –‘केही दिनमै नियमति हुनेछ ।’ पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको थियो । यूएइबाट १६८ र म्यानमारवाट २६ जना आज नेपाल ल्याइने तयारी थियो । यूएइको पहिलो उडान रद्द भएपनि म्यानमारका भने आउने छन् ।
 

प्रतिक्रिया दिनुहोस