तनहुँमा थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, ०९ : ५८
तनहुँमा थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्बिर ।

तनहुँ । गण्डकी प्रदेशको तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार  ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

संक्रमित दुई विरामीहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा राखिने भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस