आज देश भरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, ०८ : २८
आज देश भरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबार  देखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुने जनाएको छ ।  बदली हुने स्थानहरुमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार राति प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने छ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन,चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस