पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको आइतबार साँझ मृत्यु भएको हो ।
२ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।
कार्की बेहोस भएको अवस्थामा अस्पतालमा ल्याइएको प्रतिष्ठान निर्देशक डा अर्जुन आचार्यले बताए । कार्कीको शुक्रबारमात्रै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो ।
उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०७७, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते