काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक, कूटनीतिक र रणनीतिक समुदायले फरक– फरक प्रतिक्रिया जनाएका छन् ।
भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसका नेता, अहिलेका मन्त्रीले नेपालप्रति नरम प्रतिक्रिया जनाएका छन् । तर, भारतीय विदेश मन्त्रालय, सेनासहितका रणनीतिक समुदाय र कूटनीतिक निकायका प्रतिक्रिया भने नकारात्मक छन् । यद्यपि वार्ताबाट समस्याको समाधान हुनुपर्नेमा भने सबैको एकमत छ ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकका सम्बन्धमा नेपालसँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् । शनिबार भारतीय टेलिभिजन आजतक र एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा सिंहले नेपालले नयाँ नक्सा जारी गरेको घटनालाई सामान्य रूपमा व्याख्या गरे ।
‘लिपुलेकबारे नेपालमा देखिएको परिस्थितिबारे म जानकार छु। परिस्थिति हाम्रो नियन्त्रणमा छ,’ आजतकलाई दिएको अन्तर्वार्तामा सिंहले भनेका छन्, ‘हाम्रो नातेदार मात्र नभएर पारिवारिक सम्बन्ध भएको भाइ मुलुक नेपालसँग बसेर समस्याको समाधान गर्छौ । नेपालसित समस्या छैन ।’ नयाँ पत्रिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’