काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक, कूटनीतिक र रणनीतिक समुदायले फरक– फरक प्रतिक्रिया जनाएका छन् ।
भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसका नेता, अहिलेका मन्त्रीले नेपालप्रति नरम प्रतिक्रिया जनाएका छन् । तर, भारतीय विदेश मन्त्रालय, सेनासहितका रणनीतिक समुदाय र कूटनीतिक निकायका प्रतिक्रिया भने नकारात्मक छन् । यद्यपि वार्ताबाट समस्याको समाधान हुनुपर्नेमा भने सबैको एकमत छ ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकका सम्बन्धमा नेपालसँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् । शनिबार भारतीय टेलिभिजन आजतक र एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा सिंहले नेपालले नयाँ नक्सा जारी गरेको घटनालाई सामान्य रूपमा व्याख्या गरे ।
‘लिपुलेकबारे नेपालमा देखिएको परिस्थितिबारे म जानकार छु। परिस्थिति हाम्रो नियन्त्रणमा छ,’ आजतकलाई दिएको अन्तर्वार्तामा सिंहले भनेका छन्, ‘हाम्रो नातेदार मात्र नभएर पारिवारिक सम्बन्ध भएको भाइ मुलुक नेपालसँग बसेर समस्याको समाधान गर्छौ । नेपालसित समस्या छैन ।’ नयाँ पत्रिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?