काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताएका छन् ।
मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए ।
यस्तै काठमाडौं उपत्यका खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड बजेट छुट्याएको मन्त्री खतिवडाको भनाई छ ।
तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए ।
उनले सबै सबै प्रदेशका राजधाजीमा खानेपानी व्यवस्थापनका लागि बजेट छुट्याएको पनि बताए ।
तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए ।
यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई व्यवसायिक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।
खानेपानी आयोजना मर्मतका लागि ३ अर्ब छुट्याएको बताउदै तराई मधेशमा वितरण गर्ने पानीलाई आर्सनिक मुक्त बनाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने