काठमाडौं । चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।
उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन् । यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हसने अपेक्षा गरिएको छ ।
स्रोततर्फ राजश्व परिचालन ७४.४ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षमा ८ खर्ब २८ अर्ब राजश्व उठ्ने, ३२ अर्ब वैदेशिक ऋण अनुदान र वैदेशिक ऋण १ खर्ब २१ अर्ब रुपैयाँ तथा आन्तरिक ऋण १ खर्ब १९ अर्ब उड्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो वर्ष चालुतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट