काठमाडौं । चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।
उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन् । यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ ७८.८ प्रतिशत खर्च हसने अपेक्षा गरिएको छ ।
स्रोततर्फ राजश्व परिचालन ७४.४ प्रतिशत हुनेछ । चालु आर्थिक वर्षमा ८ खर्ब २८ अर्ब राजश्व उठ्ने, ३२ अर्ब वैदेशिक ऋण अनुदान र वैदेशिक ऋण १ खर्ब २१ अर्ब रुपैयाँ तथा आन्तरिक ऋण १ खर्ब १९ अर्ब उड्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो वर्ष चालुतर्फ चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने