काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदमा अनुमोदनका लागि निक्कै कसरतमा लागेका प्रधानमन्त्री केपी ओली र नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी वेरीबीच बालुवाटारमा भेटवार्ता भएको छ । यो भेटवार्ता आइतबार बेलुकीको हो । सत्तासिन दलमा कम्प्याट सम्झौता अनुमोदनको विपक्षमा बलियो जनमत रहेका बेला राजदुत वेरीलाई प्रधानमन्त्री ओली स्यवंले बोलाएर बालुवाटारमा छलफल गरेको स्रोत बताउँछ ।
राजदुत वेरी एमसीसीको कम्प्याट सम्झौता सदनबाट अनुमोदनका लागि राजनीतिक दलका नेताहरुको घर दैलोमा लकडाउन अगाडीसम्म निक्कै दौडधुपमा लागेका थिए । ओलीले यही अधिवेशनमा बजेट लगत्तै एमसिसि कम्प्याट सम्झौता अनुमोदनका लागि संसदमा प्रक्रिया अगाडी बढाउन खोजेका छन् । सभामुख अग्नि सापकोटा सहज बनिदिए उनले पार्टीमा कुनै औपचारिक निर्णय बिनै सम्झौता अनुमोदनका लागि संसदमा लैजाने तयारीमा थिए । तर उनले सभामुख तयार हुने संकेत पाएका छैनन् ।
पार्टीमा पनि छलफल गर्दा आफुले सोचे अनुसारको निर्णय कार्यान्वयन हुन्छ भन्नेमा प्रधानमन्त्रीलाई विश्वास छैन् । तर पनि उनी यो सम्झौता हरहालतमा सदनको कार्यसूचि बनाएर अनुमोदनको प्रक्रियामा लैजान चाहिरहेका छन् । शनिबार मात्रै पार्टीका सचिवालय सदस्य, स्थायी समितिका केही सदस्यहरुको प्रधानमन्त्री निवास बालुवाटारमै एमसिसिसँग जोडिएका नेताहरुको ब्रिफिङ थियो । उक्त कार्यक्रममा सहभागी नभई आफनो धारणा अगाडी बढाउनेमा प्रष्ट रहेको बताएका ओलीले आइतबार भने अमेरिकी राजदुत वेरीलाई आफ्नै निवासमा बोलाएर गरेको भेटलाई राजनीतिक वृत्तमा निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो यस अर्थमा पनि अर्थपूर्ण छ की, ओली र राजदुत ¥यान्डी वेरीका बीचमा भएको भेटवार्तालाई दुवै पक्षले औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । तर स्रोतहरुका अनुसार प्रधानमन्त्री ओली र राजदुत वेरीका बीचमा भएको भेटवार्ता र छलफल भने सदनमा कसरी एमसिसि पारित गराउने भन्नेमै केन्द्रीत रहेको थियो । ओलीले पार्टीमा जतिसुकै अल्झन रहेपनि आफु एमसिसि पारित गराएरै छोडने पक्षमा रहेको जानकारी राजदुत वेरीलाई गराएका थिए । भेटका क्रममा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई एकपटक भेट गरी अन्तिम पटक मनाउने प्रयास गर्न वेरीलाई समेत ओलीले आग्रह गरेको स्रोतले बताएको छ ।
ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाका बीचमा कम्प्याट सम्झौता भएको थियो । तर यसमा अमेरिकाले सदनबाट अनुमोदन गर्नुपर्ने पूर्व सर्त राखेका कारण सरकारले अनुमोदनका लागि गत वर्ष २०७५ असार ३० मा सदनमा प्रस्ताव दर्ता गराएको थियो । तर सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय हित विपरित रहेकोले परिमार्जन बिना पारित गर्न नहुनेमा नेकपाभित्र बलियो मत छ ।
सम्झौताका कतिपय प्रावधान नेपालको संविधान र कानुन, स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमान तथा स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय हितमा आँच पु¥याउने खालका छन् । त्यसलाई सच्याउनु पर्ने, अमेरिकाको सैन्य रणनीतिका साथ अगाडी ल्याईएको इन्डो प्यासेफिक रणनीतिसँग एमसिसि अलग रहेको आधार प्रष्टाउनु पर्ने लगायत विषय नेकपाका बहुमत नेताहरुले माग गरिरहेका छन् ।
तर यसतर्फ प्रधानमन्त्री ओलीले कुनै चासो देखाईरहेका छ्रैनन् । उनी पार्टीमा चर्काे विवादमा परेको यो परियोजनाको आँखा चिम्लेर जसरी पनि पारित गर्नुपर्ने पक्षमा एकोहोरो लागिरहेका छन । त्यही क्रममा अब सदनमा यस विषयले उत्र्कष पाउँदै गर्दा र पार्टीभित्र पनि विवाद पेचिलो बन्न खोजिरहेका वेला ओली र राजदुत वेरीका बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
झण्डै ढेड घण्टा लामो भेटवार्तामा राजदुत वेरीले प्रधानमन्त्रीको पार्टीभित्रको अप्ठयारो किन परिरहेको छ ? पार्टीले निर्णयमा सहयोग गरेन भने के हुन्छ ? कसरी पारित गर्ने योजना प्रधानमन्त्रीको छ भन्ने जस्ता जिज्ञासा राखेका थिए । ओलीले भने विवाद गर्ने नेताहरुले गरिरहने तर आफु जसरी पनि पारित गर्ने योजनामा लागेकोले ढुक्क हुन आग्रह गरेको स्रोत बताँउछ । सदनमा कार्यसूचिका रुपमा अगाडी बढ्ने बित्तिकै पारित हुनलाई समस्या नरहेको पनि प्रधानमन्त्रीको राजदुत वेरीलाई आग्रह थियो ।
काँग्रेस, मधेस केन्द्रीत दल र आफु निकट सांसदहरुको मात्र साथले पनि संसदमा बहुमत पुग्ने भन्दै कार्यसूचि मात्र चढे पनि पारित हुन समस्या नरहेको प्रधानमन्त्रीले राजदुत वेरीलाई जानकारी गराएका थिए । तर प्रतिनिधीसभाका सभामुख अग्नि सापकोटाले सहज अगाडी बढाईहाल्छन भन्नेमा भने आफु अझै विश्वस्त हुन नसकेको प्रधानमन्त्रीको भनाई थियो ।
उनले सक्दा प्रतिनिधीसभाबाट नभए प्रतिनिधीसभाबाट प्रस्ताव फिर्ता लिएर फेरि सिधै राष्ट्रिय सभाबाट प्रस्ताव अनुमोदन गराएर जाने योजना सम्म बताएको स्रोत बताउँछ । राष्ट्रिय सभामा पारित भएपछि प्रतिनिधीसभामा प्रस्ताव छलफलमा लैजानका लागि दबाब सभामुख अग्नि सपाकोटामाथी पर्छ । त्यसकारण पनि एमसिसि पारित भई छाड्ने ओलीले राजदुत वेरीलाई ब्रिफिङ गरेको बालुवाटार स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको कुर्सीमा टास्सिरहने केपी ओलीको हठ जनतालाई स्वीकार छैन
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित