काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।
सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली