काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा-५ जाँदै छन्। बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट उडेर भद्रपुर विमानस्थल अवतरण गरेपछि उनी चुनावी कार्यक्रममै व्यस्त हुने कार्यतालिका छ।
नेकपा एमालेका अध्यक्ष ओली यसअघि माघ २३ गते झापा पुगेर सात दिनसम्म क्षेत्रका करिब ८० गाउँमा मतदाता भेटघाट गरी काठमाडौँ फर्किएका थिए।
आज शिक्षक भेला, धिमाल समुदायको भेला तथा मुस्लिम समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले बताए।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी