भैरहवा । भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो ।
रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर आफ्नो गाउँ डुबानमा पर्ने चिन्ता वारिपट्टिका नेपालीमा रहेको छ ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले निर्माणाधीन सडकले ठूलो पानी परेका बेला नेपाली भूभाग डुबानमा पर्ने बताए । ‘सडक जति अग्लो हुन्छ, त्यति धेरै नेपाली जमिन डुबानमा पर्छ,’ उनले भने, ‘भारतीय पक्षबाट दुवै मुलुकका सीमावर्ती स्थानीयसँग समन्वय र छलफल गरेर सडक निर्माण गरेको भए हुन्थ्यो ।’ उनले सीमा क्षेत्रमा बन्ने संरचनाले कहाँ कहाँ धेरै डुबान हुन्छ, त्यहाँबाट कसरी पानीलाई निकास दिन सकिन्छ भन्ने विषयमा बेलैमा छलफल गर्न जरुरी रहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ जेठ २०७७, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला