काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।
निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रदेश नं ५ सरकार, संघीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो ।
‘क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले भन्नुभयो । गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताउनुभयो ।
पछिल्लो तथ्यांकानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये एकको मृत्यु भइसकेको छ । गाउँपालिकाको वडा नं ५ मा मात्र ६२ सङ्क्रमित छन् । नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ जेठ २०७७, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै