काठमाडौं । कैलाली, धादिङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका(५ बस्ने ३५ वर्षीय चन्द्र बोगटी सोही नगरपालिका-७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
जेठ ६ गते बिहान सोही ठाउँस्थित कैलाशपुर जान्छु भनी गएका उनी घर फर्की नआएकाले खोजी गर्नेक्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यसैगरी धादिङको गजुरी गाउँपालिका-५ जहरखेतस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको शव आइतबार दिउँसो फेला परेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-६ कामद बस्ने दुलार मुखिया पनि आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला