काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन। नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ। सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ।
सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन्। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्गकिमि उल्लेख छ।
गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ। यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ। नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो।
नापी विभागका पूर्वउपमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १: १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिन्छ। जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्गकिमि बढी हुन्छ। सीमा बचाऊ अभियानले सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताएको छ।
त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका प्राध्यापकसहितको विज्ञ टोलीले श्रेष्ठकै क्षेत्रफल बराबर हुने बताएको छ। भूगोल विभागका पूर्व प्रमुख एवं प्राडा नरेन्द्रराज खनाल, शेरबहादुर गुरुङलगायतको प्राविधिक टोली संलग्न सीमा बचाऊ अभियान यसअघि लिम्पियाधुरासहित नक्सा सार्वजनिक गरी सरकारलाई दिएको थियो।
अभियानका नक्सा समिति सदस्य कमल बरालले सेटलाइट इमेजमार्फत एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिएको बताए। ‘फिल्ड सर्भेबाट वास्तविक तथ्यांक आउँछ,’ उनले भने, ‘गुगल इमेजबाट नाप्दा यति आयो, फिल्ड सर्भेमा अलि अलि तल–माथि होला। ’ उनका अनुसार यो क्षेत्रफलमा सुस्तालगायत सबै भारतद्वारा मिचिएको भूभाग समेटिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ जेठ २०७७, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती