पहिलो महिला न्यायाधीश सिंहको निधन

रासस

शनिबार, १० जेठ २०७७, १७ : ३५
पहिलो महिला न्यायाधीश सिंहको निधन

काठमाडौँ । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ ।

  ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक निधन भएको हो । उहाँका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उहाँको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो । 

 सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गर्नुभएकी उहाँ न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश हुनुहुन्थ्यो । उहाँका भतिजका अनुसार आज उहाँको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

  उहाँको दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ हुनुहुन्छ । जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो । (रासस) 

प्रतिक्रिया दिनुहोस