Safal Khabar - सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा
शनिबार, १० जेठ २०७७, ०९ : १९
सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गर्नुभएको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिनुभयो ।

बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिनुहुने भएको हो । उहाँले केही दिनअघि कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा लिनुभएको थियो ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस