चितवनमा थप १ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, ०९ : ००
चितवनमा थप १ जना कोरोना संक्रमित

चितवन ।  चितवनमा  थप  एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमित भएको खुलेको हो ।

भरतपुर महानगरपालिका–६, गीतानगर  निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज एकजना चितवनका सहित थप ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५४८  पुगेको छ ।