Safal Khabar - कोरोना नियन्त्रणमा चुनौती : विगतमा पूर्वाधारमा ध्यान नदिँदा वर्तमान अत्यासपूर्ण
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोना नियन्त्रणमा चुनौती : विगतमा पूर्वाधारमा ध्यान नदिँदा वर्तमान अत्यासपूर्ण
शनिबार, १० जेठ २०७७, ०७ : ३१
कोरोना नियन्त्रणमा चुनौती : विगतमा पूर्वाधारमा ध्यान नदिँदा वर्तमान अत्यासपूर्ण

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण र जनशक्ति बढाउन विगतका सरकारले देखाएको उदासीनताको परिणाम सर्वसाधारणले कोरोना कालमा भोग्नुपर्ने अवस्था आएको छ।गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा देखिएको नोवल कोरोना भाइरस (कोभिड १९) को महामारीबाट नेपाल पनि अछुतो छैन।  

विगतमा भएको लापरबाहीकै कारण सरकार अहिले सीमित स्वास्थ्य पूर्वाधार र जनशक्ति लिएर कोरोना नियन्त्रण र रोकथामका लागि जुधिरहेको छ।कोभिड १९ ले भयावह रुप लिए सीमित पूर्वाधार र जनशक्तिका कारण हजारौं नागरिकको ज्यान जाने सम्भावनासमेत छ।

सरकारी तथ्यांकअनुसार अहिले कुल जनसंख्यामध्ये प्रति १० लाख जनाका लागि एक सय ५० वटा स्वास्थ्य संस्था, २ सय ७२ वटा बेड र ३ हजार ३१ जना जनशक्ति उपलब्ध छन्। विश्वका अन्य मुलुकलाई हेर्दा यो संख्या ज्यादै न्यून हो। त्यसमा पनि कोभिड १९ ले मुलुकमा महामारीको रुप लिए यो पूर्वाधार र जनशक्तिले एक छेउ पनि सहयोग पु¥याउन सक्दैन।

Yeti Diistillery

अर्थ मन्त्रालयको तथ्यांकअनुसार विगत एक दशकमा एक सय २५ वटामात्र स्वास्थ्यसंस्था निर्माण गरिएका छन्। २०६५–६६ सम्ममा देशभरमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, आयुर्वेद अस्पताललगायत ४ हजार ३ सय ९२ वटा सरकारी स्वास्थ्यसंस्था बनाइएका थिए। त्यसपछि मुलुकमा करिब आधा दर्जन सरकार बने। तर यो ११ वर्षमा यस्ता संस्था जम्मा एक सय २५ वटा मात्र थपिए। व्यक्तिको जीवनमा सबैभन्दा अपरिहार्य मानिएको स्वास्थ्य सेवाका न्यूनतम आधार बनाउनसरकार चुुकेको देखिन्छ।

यो एक दशकमा बनेका सरकारले एक वर्षमा औसतमा २ वटा मात्र अस्पताल बनाएका छन्। २०६५–६६ देखि गतवर्ष २०७५–७६ सम्मको ११ वर्षको तथ्यांकलाई हेर्दा मुलुकमा २३ वटामात्र अस्पताल थपिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस