विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १० : ४६
विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले सुरुमा ब्याटिङ गर्दैछ । युएईले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हारको सामना गरेकाले आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।
अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस