काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी अघि बढाएको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीसँग कार्यालयले लिखित स्पष्टीकरण माग गरेको हो।
अबको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राखिने सूचनामा उल्लेख छ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४) बमोजिम ती निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको हाे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
१२ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा