काठमाडौँ। उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बोलाएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरवारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने भएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदी बन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनस् कारागारमै फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’
‘पूर्वाग्रही’ प्रतिवेदन : एमाले, कार्यान्वयन ‘रास्वपा सरकारको हातमा’ : पूर्व प्रधानमन्त्री भट्टराई
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था जाँचबुझ आयोगद्वारा फुकुवा
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो