काठमाडौं । नेपाल सरकारले गएको वैशाख १४ गते गरेको निर्णयअनुसार महाकाली करिडोर दार्चुला टिंकर सडक योजनाअन्तरगत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ ।
सो सडक खण्डअन्तर्गत पर्ने दार्चुलाको व्यास गाँउपालिका–२ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान घाँटीबगर नजिकको थीमा नेपाली सेनाको एक सेक्सन फौज तैनाथ भएको छ ।
साथै बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भोलि तैनाथ गर्ने नेपाली सेनाले जनाएको छ ।चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरू र टिंकर गाउँका करिब १ सय ८२ घर–परिवारको करिब १ हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवत–जावत गर्नका लागि व्यास गाउँपालिका–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवत–जावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएको भन्दै सेनाले त्यहाँ बाटो निर्माण गर्न लागेको हो ।
घाँटीबगर र मौरीभीरमा पर्ने ४ सय ५० मिटर सडक खण्ड सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहित थीमा तैनाथ गर्ने योजनाअनुरूप सो फौज तैनाथ भएको सैनिक मुख्यालयले जनाएको छ ।
नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीलाई पूर्ण प्रतिबद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावनाअनुरूप नेपालको विकास निर्माणको क्षेत्रमा प्राप्त जिम्मेवारीलाई समेत उपलब्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्नेतर्फ आवश्यक कारबाही तत्काल अगाडि बढाउने सेनाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ जेठ २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते
महाकाली नदीमा हाम फालेका एकजना बेपत्ता
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु
दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति
दार्चुलामा वडाध्यक्षको निधन
दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु