डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका उक्त मिनीट्रक आज दुर्घटनामा परेको हो ।
घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहेका बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका–५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका–६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् ।
घाइतेमध्ये मल्लको दाहिने खुट्टा भाँच्चिएको छ भने छातीमा गम्भीर चोट लागेको तथा सिंहको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते चारै सबैलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको जिल्ला निरीक्षक बोहराले बताउनुभयो । गाडी सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ जेठ २०७७, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु